सूचना र प्रविधि

पण्डीत र मलामी सहितका १५ मा संक्रमण, मलामी संक्रमितको रहस्य यस्तो छ



रुपन्देही, ६ भदौं । रूपन्देहीको बुटवलमा एक महिलाको दाहसंस्कारमा सहभागी भएका मलामीमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।क्यान्सरका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका–११, कालिकानगरकी ४९ वर्षीया महिलाको परिवारलगायत उनको मलामी गएकासहित हालसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।महिलाको मलामी गएका अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेकाले अहिले सबैमा ‘तनाव’ बढेको छ । मलामी गएकाहरुको अझै परीक्षण जारी रहेको जानकारी दिंदै बुटवल उपमहानगरपालिकाकी स्वास्थ्य उपसंयोजक गीता पाण्डेले भनिन्, ‘आज थप ५ मलामीको स्वाब परीक्षण गर्दैछौं, यसपछि अन्यको पनि क्रमशः गर्ने योजना छ ।’कति जना मलामी गएका थिए भन्ने एकिन नभएको तर सयभन्दा बढी नै थिए भन्ने कुरा सुनिएको उनले जानकारी दिएकी छन् ।

कसरी संक्रमित बने मलामी ?

चितवनको भरतपुर अस्पतालमा क्यान्सरको किमोथेरापी गर्ने क्रममा गत साउन १८ गते ती महिलाको मृत्यु भएको थियो । उनका आफन्तले कोरोनाको शंका गरेर जिज्ञासा राखे पनि अस्पतालका चिकित्सकले किमोथेरापीका क्रममा हृदयाघातले मृत्यु भएको भन्दै कोरोना परीक्षण नगरी शव पठाई दिए ।

        डाक्टरले नै संक्रमित नभएको भनेपछि दाहसँस्कारमा सामान्य अवस्थामा जस्तै परिवार, आफन्त, छिमेकी सबै सहभागी भए । तर ती महिलाको दाहसंस्कारमा सहभागी उनको देवरलाई त्यसको केही दिनपछि नै कोरोनाका जस्तै लक्षण देखिन थाल्यो । पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनमा कोरोना पुष्टि भयो ।‘त्यसपछि त्यो समूहमा संलग्नको परीक्षण गर्दै जाँदा अहिलेसम्म १५ जनामा कोरोना पुष्टि भइसकेको छ,’ उपमहानगरपालिका स्वास्थ्य उपसंयोजक पाण्डेले भनिन्, ‘तर कोरोना कोबाट फैलियो भन्न सकिने स्थिति छैन ।’

        ती मृतक महिलाको परीक्षण नै नगरिएकाले उनलाई थियो कि थिएन, अन्योल भएको हो । तर उनकै दाहसंस्कारमा सहभागी शुरुमा देवर र त्यसपछि क्रमशः परिवारका अन्य सदस्यसहित आफन्त, छिमेकीलाई कोरोना पुष्टि भएको हो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले पनि अहिले बुटवल क्षेत्रमा तिनै महिलासँग सम्बन्धित समूहमा बढी मात्रामा कोरोना पुष्टि भइरहेको जानकारी दिएकी छिन् ।

    ‘मृतकका छोरी, ज्वाइँमा पनि कोरोना देखिएको छ,’ उनले सुनाइन्, ‘मृतकको वडा ११ र उनका देवर (संक्रमण पुष्टि भएका)को वडा १३ मै अहिले बढी मात्रामा कोरोना पुष्टि हुने क्रम चलिरहेको छ ।’‘शुरुमा कोरोना मृतक महिला वा उनको देवर कसबाट फैलियो भन्ने पुष्टि त विज्ञले गर्ने कुरा हो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने, ‘महिलाको काजकिरिया गराउने पण्डितमा समेत कोरोना पुष्टि भएको छ ।’

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६