जीवनशैली

नेकपाका प्रदेश ५ कमिटी सदस्य प्रभालाई पतिशोक



कपिलवस्त ६ भदौ ।  नेकपाका प्रदेश ५ कमिटी सदस्य प्रभा पौडेललाई पतिशोक परेकोछ । संगठित पार्टी सदस्य तथा समाजसेवी हरि प्रसाद पौडेललको ७९ वर्षको उमेरमा शनिवार आफ्नै निवास चप्परगाउँमा निधन भएको हो । स्व. पौडेललाई लक्ष्मणघाटमा नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । सो क्रममा घिमिरेले स्व. हरि प्रसाद पोडेल र उहाँको सिंगो परिवार कम्युनिष्ट आन्दोलनका निम्ति एउटा पाठशाला रहेको चर्चा गर्नु भयो । 

     पौडेलको  अन्तिम श्रद्धाञ्जलीका निम्ति नेकपाका प्रदेश नं. ५ का कार्यालय सचिव बलराम अधिकारी, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला सचिव रामचन्द्र शाह (विष्णु), नेकपाका नेताहरु कृष्ण पौडेल, जोनी बन्जाडे, डम्मर शर्मा लगायतका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानियबासीको उपस्थिती रहेको अनेरास्ववियुका नेता बाबुराम अर्यालले जानकारी दिनु भयो ।  यसै बीच  नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पाख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त शोक विज्ञप्ती जारी गर्दै स्व. हरि प्रसाद पौडेल प्रति श्रद्धञ्जली प्रकट गरिएको छ । साथै  शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

    जारी विज्ञप्तीमा स्व. पौडेलले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान स्मरण योग्य रहेको चर्चा गदै उहाँले देखाएको सादा जीवन शैली सिंगो पार्टी पंक्तिका लागि स्मरण योग्य रहेको चर्चा गरिएको छ । विज्ञप्तीमा पार्टीमा निरन्तर सक्रिय रहदै आउनु भएका स्व. पौडेलको निधनले सिंगो पार्टी र समुदायलाई अपुरणिय क्षती पुगेको उल्लेख गरिएको छ ।स्व.पौडेललका दुई छोरा र एक छोरी हुनुहुन्छ । स्व. हरि प्रसाद पौडेलको सिंगो परिवार नै राजनैतिक, सामाजिक आन्दोलनमा निरन्तर सक्रिय रहदै आएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६