काठमाण्डौ ७ भदौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उहाँले बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।
७ भाद्र २०७७, आइतबार
प्रतिक्रिया