बाँके ७ भदौ । बाँकेमा आईतवार मात्र ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार आज वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी र उनका आफन्त, नेपालगन्ज उपमहानगरपालिकाका चार जना र कोहलपुरका एक जना गरी ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन।आइतबारसम्म बाँकेमा ८२१ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ६१४ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट दुई महिलासहित चार जनाको मृत्यु भइसकेको छ भने विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा अझै पनि २०३ जनाको उपचार भइरहेको छ ।
७ भाद्र २०७७, आइतबार
प्रतिक्रिया