ब्रेकिंग न्युज

दाहसंस्कार गर्ने बेलामा कोरोना पुष्टि , मलामी भागाभाग



बुटवल ७ भदौ। उपचारका लागि लैजाँदै गर्दा भारतमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार भारतको नौतनवा मृत्यु भयो । मृत्युपछि उनको शव नेपाल ल्याईयो । कोरोनाको आशंकामा पिसिआर परिक्षणका लागी स्वाव सकंलन भयो । मिश्रको शवलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारीमा थियो । दाह संस्कारकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि  घाटमा पुगेका मलामीको पनि भागाभाग भएको छ। 

             कोरोना रिपोर्ट पोजेटिभ आएकाले मिश्रको शब नजलाउन आफन्तलाई आग्रह गरे पनि नमानेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन शाहले बताए ।शवलाई चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी भागाभाग भएको र परिवारका सदस्यले जलाएको  रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष यादवले मृतकका आफन्त, मलामी गएका १ सय बढिलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको बताए ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६