ब्रेकिंग न्युज

मास्क प्रकरण :प्रहरी कुट्ने ८ माथि ज्यानमार्ने उद्योग मुद्धा



कपिलवस्तु ७ भदौ लकडाउन पालना गरी मास्क लगाउन अनुरोध गर्दा प्रहरीमाथी हातपात गरी घाईते बनाउने ८ जना बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । गत भदौ १ सुद्धोदन गाउपालिकाको लवनीमा डियुटीमा खटिएका लवनी प्रहरी चौकीमा कार्यरत ६ जनामाथी हातपात गरिएको थियो । हातपातको क्रममा ३ जना गंभीर घाईते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो । मास्क लगाउन आग्रह गर्दा लवनीमा रहेका दुई परिवारका युवाहरुले प्रहरीलाई लाठीले हानेर घाईते बनाएका थिए ।

        घटनामा प्रहरी हवल्दार बिनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव घाईते भएका थिए । तिनै जनाको टाउको फुटेको र कपिलवस्तु अस्पतालमा उपचार हुृन नसकेपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमस्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले वताउनु भयो । लकडाउनमा मास्क लगाएर हिड्न आग्रह गर्दा उल्टै प्रहरीमाथी हातपात गरी फरार भएका दुई परिवारका ८ जनामाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको मल्ले वताउनु भयो । घटना पछि उनीहरु फरार भएका थिए । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६