एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् ।वास्तवमा पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा शुरु हुन थालेको हो ।
८ भाद्र २०७७, सोमबार
प्रतिक्रिया