ब्रेकिंग न्युज

विराटनगर र धरानमा एक \एक सङ्क्रमितको ज्यान गयो



मोरङ ८ भदौँ । विराटनगरमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका एक ६५ वर्षीय पुरुषको ज्यान गएको हो ।हिजो दिउँसोसम्म कुनै लक्षण तथा कुनै समस्या नभएको उहाँलाई बेलुका ६ बजे विराटनगरमा रहेको कोभिड १९ उचार केन्द्रमा लगिएको थियो ।केन्द्रमा नै उहाँको राति ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष निश्चल अर्यालले जानकारी दिनुभयो । कोभिड उपचार केन्द्रमा सामान्य अवस्थामा गएका उहाँको राति ज्यान गएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।

        मोरङमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गइसकेको छ ।यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना सङ्क्रमितको ज्यान गएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । यसअघि प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो ज्यान गएको थियो ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६