सुर्खेत ८ भदौँ । रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।त्यसपछि उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिनु भयो ।रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जानकारी दिनु भयो ।
८ भाद्र २०७७, सोमबार
प्रतिक्रिया