जीवनशैली

नेकपा पार्टी पंक्ति परिचालित गर्ने निर्णय , प्रदेश सरकारलाई भेन्टिलेटर र आईसियू थप्न आग्रह



बुटवल ९ भदौ   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देही जिल्ला कमिटीले रुपन्देहीमा जारी लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ । जिल्ला कमिटी कार्यालयको बुटवलमा बसेको बिस्तारित बैठकले जिल्ला सिसिएमसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । कोभिड १९ महामारी सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना र भौतिक दुरी कायम गरी सम्पन्न भएको बैठकमा कोरोना महामारीले जिल्लामा पारेको प्रभावको गम्भीर समीक्षा भएको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिनुभयो ।

    बैठकले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाईन र आईसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउन आग्रह गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भूमिका निर्वाह गर्न निर्देशित गरेको छ । त्यसैगरी बैठकले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ । बैठकले जिल्लाका विभिन्न ठाउमा देखिएका संक्रमितहरूप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महशुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता,सामाजिक संघ संस्था र टोलवासीहरूलाई आग्रह गरेको प्रवक्ता चापागाईले जानकारी दिनुभयो । बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्ष सहितको प्रतिवेदन बुझाएकोमा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद व्यक्त गरेको छ । 

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६