एजेन्सी ९ भदौँ । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्।पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।मुम्बईदेखि १७० किलोमिटर टाढा रहेको महद सहरमा भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । १० वर्ष पुरानो सो घरमा ५० परिवार रहँदै आएको बताइएको छ ।
भारतमा मनसुनका बेला यस्ता घरहरू भत्किनु त्यति अनौठो भने होइन । बीबीसीका अनुसार यस वर्षको मनसुनमा हालसम्म ८ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन् । ठाकरेले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिनु भएको छ ।
प्रतिक्रिया