ब्रेकिंग न्युज

सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सङ्क्रतिको मृत्यु



काठमाण्डौ ९ भदौँ । काठमाण्डौमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका एक पुरुषको ज्यान गएको छ । गएको साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका काठमाण्डौ महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मङ्गलबार दिउँसो ज्यान गएको अस्पतालका डाक्टर प्रवीण नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आए पनि दुई दिन घरमै आइसोलेशनमा बसेका पुरुष ३१ गते मात्रै अस्पताल भर्ना हुनुभएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको डाक्टर नेपालले जानकारी दिनुभयो । 

 

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६