गैडहवा ९ भदौँ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा ल पुर्व वन मन्त्री वकिल मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ। सुरक्षा सामग्री स्थानिय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री वकिल मुसलमानलले कोभिड १९ को संक्रमण समुदायमा समेत फैलिन थालेकोले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्न अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई कोभिड १९ को संक्रमणवाट बचाउन आफुले आफ्नै खर्चमा ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको बताउनु भएको छ।
बिषम परिस्थितीमा आम नागरिकको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान गर्दै पुर्व वन मन्त्री मुसलमानले जस्ले आम नागरिका सेवामा हरपल खटिएका हुन्छन उनिहरुको जिवन रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको आफुले थोरै भएपनि सुरक्षा सामग्री उपलब्ध गराएको उल्लेख गर्नु भयो ।
पुर्व वनमन्त्री मुसलमानले लुम्बिनी सांसकृतिक नगर पालिकाका स्वास्थ्य शाखाका प्रतिनीधि राजेन्द्र प्रसाद कुर्मी र गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई स्वास्थय सामग्री हस्तान्तरण गर्नु भएको । दुबै स्थानिय तहका जनप्रतिनीधिहरुलाई बिशेषकोड गर्दै जनप्रतिनीधि भनेका जनता सेवक हुन जनताको सेवा गर्ने हरेक सेवकले सदैव जनताको सुख दुखसंग नजिक भएर जनताका समस्या समाधानका लागि निस्वार्थ रुपमले लाग्नु पर्नेमा जोड दिनु भएको छ।स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा पि पि ई ११ थान, थर्मल गन ३ थान,मास्क ५०० थान,मास्क ३ थान र हेण्ड्स ग्लोब्स २५० जोडा प्रदान गरिएको थियो ।
प्रतिक्रिया