कपिलवस्तु ९ भदौ ।कपिलवस्तुमा स्वाब संकलन गरिएको मध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार सम्म १२ हजार ४ सय ३२ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये पिसिआर परिक्षण गर्दा १ हजार ६७ जना संक्रमित भेटिएको हो । कन्ट्याक्ट ट्रसिङ गरिएका २ हजार ९ सय ३९ मध्ये १ सय ९२ जना पोजेटिभ देखिएका छन । समुदायबाट लिइएको ८ सय ७४ स्बाव मध्ये ८६ जना संक्रमित देखिएका छन । आफैले शुल्क तिरी परिक्षण गराएका १५ जना, तथा क्वारेन्टाईनमा बसेका ७ सय ७७ जना संक्रमित भएका हुन । जिल्लामा १ सय ९६ जना सकृय संक्रमित छन भने ८ सय ६८ जना निको भई घर फर्की सकेका छन । यस्तै कोरोनाबाट जिल्लामा २ जनाको मृत्यु भएको छ ।
यता पछिल्लो पटक कपिलवस्तुमा दुई पत्रकार सहीत थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससंगै कपिलवस्तुमा पोजेटिभको संख्या १ हजार ६७ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलवार पुष्टी भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपुर्ण पोस्टका संवाददाता गोपाल भण्डारी, वुद्धआवाज संचारगृह र नेपाल टेलीभिजन संवाददाता बासुदेब बर्मा संक्रमित हुनु भएको हो । यससंगैं जिल्लामा ६ पत्रकार संक्रमित भएका छन । जस मध्ये ४ जना निको भई घर फर्र्की सकेका छन । संक्रमित दुबै पत्रकारले फेसबुकमा संक्रमित भएको जनाकारी गराउनु भएको छ ।
यस्तै २ शिक्षक र एक निजि स्कुलका शिक्षक, बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्यमा संक्रमण पुष्टी भएको हो । यस्तै किराना पसले एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवाका एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले वताउनु भयो । गत भदौ ३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १ सय ७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ आएको हो ।
यता कपिलवस्तुमा हाल सम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन । जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन । चैत्र ११ देखि सरकारले गरेको लकडाउन पछि हालसम्म ती संक्रमित भएका हुन । नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले वताउनु भयो ३७ जनामा सक्रिय संक्रमित छन । यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सकृय संक्रमित छन । संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेशन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसुलेशनमा छन । लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो । उता बैकिङ संस्था र ब्यवसायीहरु तीस तीस बढी सक्रमित भएका छन । शिक्षक, बिद्यार्थी, कर्मचारी लगातय समेत संक्रमित भएका छन । कपिलवस्तुमा समुदायमा संक्रमण फैलीएको भन्दै भदौ १५ सम्म प्रशासनले लकडाउन गरेको छ । प्रशासनले भदौ २१ सम्म लकडाउन थप्ने योजना वनाई सेकेको बुझिएको छ ।
प्रतिक्रिया