भैरहवा १० भदौ
। प्रदेश ५
सरकारले कारोना विशेष अस्पतालको
सेवा सुविधा वढाउन
र आइपर्ने समस्याको
सिघ्र समाधान गर्न
सरकारका विभिन्न मन्त्रीलाई फोकल
पर्सन तोकेर अस्पतालको
जिम्मेवारी दिएकोछ । यस
मध्ये स्वास्थ्य क्षेत्रको
समेत नेतृत्व गर्ने
विभागिय मन्त्री सामाजिक विकास
मन्त्री सुदर्शन बराललाई फोकल
पर्सन तोकिएको अस्पताल
नै सबैभन्दा अस्त
ब्यस्त देखिएकोछ । मानिसले
त्यहाको सेवा सुरुचँरु
नहुदा ज्यान गुमाउने
क्रम बढेकोछ । घटना
विवरण अनुसार भीम
अस्पतालमा आइसीयू सञ्चालन भएपनि
उपकरण र जनशक्ति
अभावले अलपत्र हुन पुगेको
छ ।
कोरोना
भाइरसको संक्रमण देखिन थालेपछि
प्रदेश ५ सरकारले
भीम अस्पताललाई व्यवस्थि
तगर्न स्वास्थ्यकै विभागीय
मन्त्री दिएको
थियो। यो अस्पतालको
सुविधा वृद्धि गर्न र
क्षमता विस्तार गर्न आफ्नै
नेतृत्वमा लागिपरेको मन्त्री आफैले
केहि भूमिका नखे्रल्दा
यस्तो अवस्था आएको
हो । उनले
अस्पताललाई कोरोना संक्रमित कसैको
शल्यक्रिया गर्नुपरेमा पनि सहज
हुने गरी सेवासुविधा
सम्पन्न बनाउने दावि गर्दै
आएका छन् ।
तर गत चैतमै ५ बेडको
आईसीयु बेड, ३
वटा भेन्टिलेटर र
३० बेडको जनरल
आईसोलेसन वार्ड तयार अवस्थामा
रहेको भनिए पनि
आइसियू संचालनमा आउन नसक्दा
एकजनाले दुइदिन अघि ज्यान
गुमाउन पुगेका छन् ।
मन्त्रीका दाविका कुरा पत्याउने हो
भने जहाँ
६ जना विशेषज्ञ
डाक्टर, ८ जना
मेडिकल अधिकृत र २५
जना स्टाफ नर्सले
कोरोना संक्रमणको आशंका भएका
बिरामीलाई आईसोलेसनमा राखेर उपचार
गर्नेदेखि कोरोना संक्रमितसम्मको आइसियू
र भेण्टीलेटर सहित
उपचार गर्ने भनिएको
थियो। अस्पतालका कर्मचारीलाई
कोरोना संक्रमितलाई उपचार गर्ने
र आइसीयू सञ्चालन
गर्नेबारे तालिम पनि दिइएको
थियो। तर, अस्पतालमा
चाहिएको समयमा आइसीयू छैन।
कोभिड अस्पताल बनाएर
संक्रमण देखिएका व्यक्तिको शल्यक्रिया
समेत गर्न सकिने
बताउने मन्त्री व्यवहारमै सुधार
गर्नमा भने सक्रिय
देखिदैनन्। समयमा आइसीयू सञ्चालनमा
ध्यान नभएकै कारण
टाउकोमा रगत जमेका
घाइतेले उपचार नपाएर ज्यान
गुमाएका छन् ।
मन्त्री बरालकै जिम्मामा रहेको
अस्पतालमा उपचार नपाएर एकजना
घाइतेको मृत्यु भएपछि भने
प्रदेश ५ को
सामाजिक विकास मन्त्रालयले आइसीयू
सञ्चालनबारे बल्लथ
तयारी थालेको जनाएको
छ । मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले अस्पतालमा आइसीयू
सञ्चालनबारे तयारी थालेको बताए।
प्रतिक्रिया