ब्रेकिंग न्युज

सभामुख र भूगर्भविदसहितको टोली सिन्धुपाल्चोक जादैँ



सिन्धुपाल्चोक १० भदौ ।  सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली जाँदै छ । टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ ।टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन् ।

                यो टोली आज सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्ने बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने सभामुखको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६