ब्रेकिंग न्युज

नक्कली अकाउन्टबाट गलत सूचना प्रवाह ,आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह



काठमाण्डौ १० भदौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ ।आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसिङले भन्नुभएको छ, ‘मेरो फेक अकाउनण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको जानकारी गराउँदछु ।’घिसिङका फेसबुकमा र ट्विटरमा भएका नक्कली अकाउन्टबाट विभिन्न गलत सूचना फैलिइरहेका छन् । मंगलबार पनि मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकको पद चार वर्ष थपेको भन्दै नक्कली ट्विटर अकाउन्टबाट समेत प्रचार भएको थियो ।


प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६