चितवन १० भदौँ । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित नुवाकोटमा भेटिएका छन् । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । हिजो (मगंलवार) विहानैदेखि अस्पतालमा नभेटिएपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो । उनलाई आज (बुधवार) विहान ११ बजे नुवाकोटमा फेला परिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बेलकोटगढी गाँउपालिका वडा नम्वर ५ मा रहेको प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा उनलाई फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । उनि साइलकमा चितवनबाट नुवाकोट पुगेको प्रहरीले जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरको आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको थापाले बताउनुभयो ।
प्रतिक्रिया