ब्रेकिंग न्युज

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित



काठमाण्डौ १० भदौँ ।  बुधबार बस्ने भनिएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहनुभएका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बुधबारको सञ्चालक समितिको बैठक नै स्थगित भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

             मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहनुभएका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो । कोइरालालाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै सोमबारदेखि चर्को विरोध भइरहेको छ ।उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउन सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएको छ । 

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६