स्वास्थ्य

कुकुरले टोकेपछि १६ दिनमा बालकसहित तीन जनाको ज्यान गयो



दोलखा १० भदौँ ।  रेबिज रोग लागेको कुकुरले टोकेपछि १६ दिनको अवधिमा तीन जनाको ज्यान गएको छ ।दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ र ६ मा गएको असार २६ गते १० जनालाई एउटै कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि ललितपुरको पाटन अस्पताल भर्ना भएका  ३० वर्षीय युवकको उपचारका क्रममा ज्यान गएको छ ।  उहाँको रेबिज रोगकै कारण ज्यान गएको पुष्टि भएको छ । १५ वर्षीय किशोेरलाई घरमै बसिरहेको अवस्थामा त्यही कुकुरले  टोकेको थियो । 

           कुकुरले टोकेपछि कुनै खोप नलगाएका उनलाई भदौ १ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो  २ गते उपचारका क्रममा अस्पतालमै ज्यान गयो। यस्तै वैत्येश्वर गाउँपालिका ६ का सात वर्षीय बालकको साउन २७ गते नै ज्यान गएको छ । मृतक बालकले दुई पटकसम्म रेबिज रोगविरुद्धको खोप लगाएका थिए । उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको थियो । गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानमा पुगेको कुकुरले ६ पुरुष र चार महिलालाई टोकेको थियो । त्यो कुकुरलाई त्यही दिन स्थानीयवासीले मारेका कारण उपचारमा थप समस्या भएको मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरेराम चापागाईँले जानकारी दिनुभयो । 

           त्यही कुकुरले टोकेका चार जना महिला र तीन जना पुरुषमा अहिलेसम्म कुनै लक्षण नदेखिएको चापागाईँको भनाइ छ । कुकुरले टोकेपछि ज्यान गुमाएकामध्ये केहीले गाउँपालिकाको वडा नम्बर ६ मेलुङ बजारमा सञ्चालित एक निजी मेडिकलमा खोप लगाएको बताइएको छ । खोप लगाएर पनि ज्यान गएको भन्दै स्थानीयवासी बुधबार केही बेर आक्रोशित बनेको वडा नम्बर ६ का अध्यक्ष कुसुम लामाले जानकारी दिनुभयो । यसैबीच रेबिज लागेको कुकुरको टोकाइबाट १६ दिनको अवधिमा तीन जनाको ज्यान गएपछि यस सम्बन्धमा थप निर्णय गर्न बुधबार मेलुङ गाउँपालिकाको बैठक बस्दैछ ।  

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६