स्वास्थ्य

निजी मेडिकल कलेजलाई प्रयोगशाला सञ्चालन गर्न अनुमति



काठमाडौं १० भदौँ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएको छ ।कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।पिसिआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९)का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा। मुकुन्दा शर्माले बताए । पिसिआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ । त्यसका लागि  कोभिड (१९) को पिसिआर परीक्षण निर्देशिका ०७७ अनुसार प्रयोगशालाको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले जनाएको छ । 

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६