कपिलवस्तु, १० भाद्र
प्रहरी हिरासतमा रहेका ८ विप्लव निकट नेतालाई कोरोना देखिएको छ । उनीहरू इलाका प्रहरी कार्यालय बुटवलको थुनुवा कक्षमा रहेका थिए । संक्रमण देखिनेमा रुपन्देही जिल्ला इन्चार्ज र सचिवालय सदस्यहरू रहेका नेकपा निकट स्रोतले बताएको छ ।
भीम अस्पताल भैरहवामा पिसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो । प्रहरी साउन १३ गते १० जनालाई गिरफ्तार गरेको थियो । ती मध्ये ५ जनालाई हात हतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । बाकी ५ जना प्रहरी विरुद्ध अभद्र ब्यब्हार गरेको भनी मुद्दा चलाइएको थियो । अभद्र व्यवहार अन्तर्गतको मुद्दा आजै सुनुवाइ गरी रिहा गरिएको छ । रिहा भएका सबै आइसोलेसनमा राखिएको छ । थुनामा रहेका ३ जना मध्ये १ जनालाई वप्रकाको आइसोलेसन र २ जनालाई भैरहवामा आइसोलेट गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया