कपिलवस्तु ११ भदौँ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश ५ मा २ जना ,प्रदेश २ मा २ जना ,प्रदेश ३ मा १ जना , प्रदेश १ मा १ जना रहेका छन् । कास्कीको पोखरामा ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् । उनको आज बिहान ८ बजे मृत्यु भएको हो ।
यसैगरी प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको गतराति उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै प्रदेश ५ मै रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकी महिला घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो उपचारकाक्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी प्रदेश २ को बारा सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए । स्वास्प्रस्वासमा समस्या हुनुको साथ साथै ज्वरो र पखाला लागेकी महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । यो सगैँ बारामा कोरोना भाइरस संक्रमणको कारण मृत्युु हुुनेको संख्या १५ पुुगेको छ ।त्यस्तै पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु भएको छ। गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उनको बिहीबार बिहान मृत्यु भएको हो । यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
त्यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया