कपिलवस्तु ११ भदौँ । भनिन्छ खुसि र पिडा एक सिक्काका दुई पाटा हुन् जसको मिलन हुदैँन ,तर कपिलवस्तुको बुद्धभुमि नगरपालीका १ विरपुरकी एक बालिकाको जिवनमा अहिले खुसी र पिडा दुबै छन् । एलकेजी कक्षामा अध्ययनरत जिया भुषाल आफनो प्रतिभाले यतिबेला सामाजिक सञ्जालमा भाईरल भएकी छिन् । ६ बर्षिया बालिकाले सामान्य ज्ञानबारे फरर भन्न सक्छिन् । उनले नेपालका प्रदेश,विभिन्न महत्वपुर्ण मितीहरु, भन्न सक्छिन् ।
यति मात्रै होईन उनी नाच्न ,गाउँन र अभिनय गर्न पनी उत्तिकै रुचाउछिन् । ६ बर्षिया बालिकाले गायकार बन्ने लक्ष्य राखेकी छन् ,कक्षामा सधै प्रथम हुने जियाको कृतिमान राख्ने लक्ष्य छ । सपना देख्नु ठुलो कुरा होईन तर सपना पुरा गर्न अठोट लिनु र सपना पुरा गर्न निरन्तरता दिनु महत्वपुर्ण हुन्छ, जियाले अठोट मात्रै लिएकी छैनन् पुरा गर्न निरन्तरता पनी दिएकी छन् ।
सानैबाट जिज्ञासु जियाले गुगल र युटुवबाट नयाँ नयाँ कुरा सिक्ने गरेको बताउछिन् । उनी भन्छिन् “ मलाई जिके (सामान्य ज्ञान) पढ्न मनपर्छ , गित गाउन र नाच्न मन लाग्छ । भविष्यमा कलाकार बन्ने हो ’’ । उनले कोरोना भाईरस सचेतनामुलक गित आफै सिर्जना गरेर गाएको सुन्दा सबै चकित हुन्छन् । उनी भन्छिन् “ मलाई ईन्द्रेणीमा कृष्ण कडेंल सर सगं गित गाउन र सामान्य ज्ञानको उत्तर दिन मन छ ।
”छोरीको प्रतिभा देखेर आमाको खुशीको सिमा छैन् तर लक्ष्मीको मुहारबाट सबै रगं उडेको जस्तै मलिन देखिन्छ् । कारण सिउदोको सिन्दुर हो , २५ दिन अघि मात्र संसार छोडेका पतिको सम्झनामा रातदिन रोएर बिताउने गरेकी लक्ष्मि भन्नुहुन्छ “ अब छोरीको भविष्य कसरी सुधारु ? बाबा छउनजेल कुनै अभाव महसुस भएन , उहाँले नै छोरीलाई सिकाउनुहुन्थ्यो । नचाउने हसाउने उहाँले साथ छोडेपछि कोठा भाडा समेत तिर्न सकिएन,छोरीको भविष्य कसरी बनाउ ?’’
वैदेशिक रोजगारमा गएका श्रीमान केही महिना अघि घर आएका थिए । छोरीको प्रतिभा देखेर सबैभन्दा हर्षित थिए तर खुसीमा दैवको आखाँ लाग्यो । खुुट्टामा आएको सानो पिलोले सास सगैँ परिवारको खुसी पनी खोस्यो । “ खुट्टामा पिलो आएको थियो बुटवलबाट भैरहवा रिफर गर्यो अप्रेसन पछि मृत्युको खवर आयो ’’ लक्ष्मिले भन्नुभयो ।“
उनलार्ई बाबाले पढ्न ,गुगलमा खोज्न , नाच्न र गाउँन सहयोग गर्नुहुन्थ्यो , तर आज बाबा हुनुहुन्न । बाबाले देखेको सपना पुरा गरिदिनुछ ।“आफनो न त बस्ने बास नै छ न त आयस्रोत , नानीलाई राम्रो शिक्षा दिन सहयोगको खाचोँ छ । बस्नलाई त माईती छ तर नानीको सपना पुरा गर्न सबैको सहयोगको चाहिन्छ । नानीको क्षमता विलिन हुन् नदिन गुणस्तरिय शिक्षाको आवश्यकता छ । राम्रो सगं शिक्षा दिन सकियो भने देशले नै गर्व गर्न लायक बन्नेछिन् भन्ने आशा छ ’’जियाकी आमा भन्नुहुन्छ ।
“सुखिलाई पो खुशी र जित हुन्छ दुखीको त मुखैमा गित हुन्छ चिया छानेको’’ गित गुन्गुनाउदैँ सञ्चारक्रमी सगं कुराकानी गरिरहेकी जिया भन्छिन् “ ठुलो घर बनाएर ममीलाई त्यो घरमा राख्ने सपना छ ।’’बहुप्रतिभाकी धनि जियालाई बाबाको अभाव भने सधै रहेको उनी बताउछिन् ।








प्रतिक्रिया