प्रदेश

बुटवलको संक्रमण निरन्तर बढ्दो कहाँ कति संक्रमित ?



बुटवल १२ भदौ । प्रदेश ५ को राजधानी शहर बुटवलमा कोरोना संक्रमितको संख्या निरनतर बढ्दै २३४ पुगेको छ । बिहीवार गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सक सहित ३५ जनामा थप कोरोना संक्रमण पुष्टि भएछि बुटवलमा संक्रमितको संख्या २३४ पुगेको हो ।उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले एकजना मुटु अस्पतालका चिकित्सक सहित बुटवलमा बिहीवार का ३५ जना संक्रमित थपिएका छन् ।

    डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट टे्सिङ गरेर पीसीआर परीक्षण गर्न भनिएको सिंहले बताए । उनले अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन समते निर्देशन दिइसकेको बताए । बुटवलमा अहिले पनि १९० जना संक्रिय संक्रमित छन् भने ४४ जना निको भएर घर फर्किइसकेका छन् । बुटवल उपमहानगर पालिकाका अनुसार उपमहानगरमा १९ वटा वडाहरु रहेकोमा वडा नं ७ वडा नं १८ गरी २ वटा वडा बाहेक सबै वडाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

     तर अहिले भने ति संक्रमण नभेटिएका वडा नं ७ र १८ सहित ५, १४, १९ वडाहरु गरी ५ वटा वडाहरु बाहेक अरु वडामा संक्रिय संक्रमित रहेका छन् ।सबैभन्दा बढी वडा नं। ११ मा ७७ जना संक्रमित भेटिएका छन् । उक्त वडामा अहिलेपनि ६४ जना संक्रिय संक्रमित रहेका छन् । वडागत संक्रमितको विवरण हेर्दा वडा नं १ मा १० जना, वडा नं २ मा ४ जना,वडा नं ३ मा २५ जना, वडा नं ४ मा १३ जना र वडा नं ५मा  मा ३ जना रहेका छन् । यस्तै  वडा नं  ६ मा १८ जना,वडा नं  ८ मा १२ जना, वडा नं  ९ मा ७ जना,वडा नं १० मा ९ जना ,वडा नं  ११ मा ७७ जना संक्रमित रहेकाछन् 

    बुटवलकै वडा नं १२ मा १० जना, वडा नं १३ मा २९ जना ,वडा नं १४ मा २ जना ,वडा नं १५ मा ३ जना,वडा नं १६ मा ३ जना,वडा नं १७ मा ३ जना,वडा नं१९ मा १ जना र  अन्य ५ जना रहेके बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रेसपाटीलाई उपलब्ध गराएको विवरणमा उल्लेखछ । 

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६