ब्रेकिंग न्युज

सिरहामा थप एकजना कोरोना संक्रमितको मृत्यु



सिरहा १२ भदौ । सिरहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।  जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो  । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६