काठमाण्डौ १२ भदौ । नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताउनुभएको छ । चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।
१२ भाद्र २०७७, शुक्रबार
प्रतिक्रिया