ब्रेकिंग न्युज

सबै तिर घटदै, दक्षिण पुर्बी एसीया बढ्यो कोरोना ।



पछिल्लो समयमा दक्षिणी
एसीया (सार्क) देशहरुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा समुदायमा संक्रमण फैलिने
अवस्था आउन लागेको छ । बिश्व स्वास्थ्य संगठनको साप्ताहिक अपडेट अनुसार पछिल्लो
हप्तामा एसीयाली क्षेत्रमा ४ प्रतिशत कोरोना संक्रमण बढेको छ ।
साप्ताहिक बुलेटिन अनुसार
सार्क देश मध्ये पाकिस्तान र अफगानिस्तान बाहेकका राष्ट्रमा मृत्यु हुने दर ४
प्रतिशतले बढेको तथ्यांक प्रकाशन गरीएको छ । अन्य सवै तिर मृत्यु हुने दर घटेको छ

थप हुने र मृत्यु
हुनेमा आधा हिस्सा अमेरीकी क्षेत्रको रहेको छ । अमेरीकी क्षेत्रमा ५० प्रतिशत नयाँ
संक्रमित रहेका छन । मृत्यु भएका मध्ये ६२ प्रतिशत अमेरीकन रहेका छन । युएसए र
ब्राजिलमा सबै भन्दा धेरै प्रभावित भएको छ । २७ अमेरीकी देश तथा टापुहरुमा
समुदायमा संक्रमण फैलिएको छ ।

दक्षिण पुर्बी एसियामा
२८% संक्रमित थप र १९% मृत्यु भएका छन् । अमेरीकी क्षेत्र पछि सवै भन्दा बढी
प्रभावित दक्षिण पुर्वी एसीया क्षेत्र रहेको छ । यी क्षेत्रमा १० राष्ट्र रहेका छन
। भारत नेपाल सहित ६ सार्क राष्ट्र यसै क्षेत्रमा समावेस गरीएको छ । सबै क्षेत्रमा
कोरोना नया संक्रमण र मृत्यु घटने क्रममा भए पनी दक्षिण पुर्वी एसीयामा मात्र ४
प्रतिशतले बढेको छ ।  विश्व भरी हेर्ने हो
भने संक्रमण दर ४ प्रतिशत र मृत्यु दर १२ प्रतिशतले कम भएको छ ।

सार्क देश मध्ये बंगलादेशमा मात्र समुदायमा संक्रमण ।

बिश्व स्वास्थ्य
संगठनले सार्क मध्ये बंगलादेशमा मात्र समुदायमा संक्रमण भएको उल्लेख गरीएको छ ।
अपडेट अनुसार सोमवार प्रकाशन गरीएको बुलेटिनमा सवै भन्दा वढी संक्रमण देखिएको
भारतमा समेत समुदायमा संक्रमण नभएको खुलाइएको छ । कोराना केसमा दक्षिण पुर्वी
एसीया क्षेत्रमा ८६% योगदान भारत को रहेको छ ।

विश्व स्वास्थ्य
संगठनले साउथ एसीयन देशलाई २ समुहमा राखेर बुलेटिन प्रकाशन गर्ने गरेको छ ।
पुर्विय भु
मध्य क्षेत्रमा अफगानिस्तान र पाकिस्तान रहेका छन ।
यी देशमा कलस्टर केस देखिएको छ । अन्य देश दक्षिण पुर्बिय एसीया क्षेत्रमा पर्दछन्
। भारत
,
नेपाल, श्रीलंका, माल्दिभ्समा समुदायमा
नभएर कलस्टर केस देखिएको उल्लेख गरीएको छ । भुटानमा भने फाटफुट रुपमा देखा परेको छ

पछिल्लो साता नयाँ संक्रमण र मृत्यु हुनेको तथ्यांक 

स्रोत विश्व
स्वास्थ्य संगठन २४ अगस्तमा प्रकाशित बुलेटिन

देश 

पछिल्लो ७ दिनमा थप

कुल संक्रमण

पछिल्लो ७ दिनमा मृत्यु

जम्मा मृत्यु

 

 

भारत

४५५२५८

३०४४९४०

६७२६

५६७०६

 

 

बंगलादेश

१८१००

२९२६२५   

२८२

३९०७

 

 

नेपाल

५०९८

३१११७

४४

१४६

 

 

पाकिस्तान

४०४८

२९२७६५

६७

६२३५

 

 

मालदिभ्स

९८१

६६६०

२६

 

 

अफगानिस्तान

४०३

३७९९९

१२

१३८७

 

 

श्रीलंका

६१

२९४७

१२

 

 

भुटान

२२

१५५

 



प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६