ब्रेकिंग न्युज

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु ,दईजना घाईते



 काठमाडौं १४ भदौ।  एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान वालिङ नगरपालिका–५ माझकोटमा दुर्घटना हुदाँ  दुई जना घाइते भएका छन् । । दुर्घटनामा परी चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख  होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

        चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो । काठमाडौंबाट चापाकोट–९ निवासी तीन जनालाई लिएर जिल्ला फर्किँदै गर्दा सो एम्बुलेन्स दुर्घटनामा परेको हो ।दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६