कैलाली १४ भदौँ । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् ।भदौ ११ मा रातको समयमा काकाको घरबाट फर्कंदै गरेकी किशोरीलाई उनीहरुले खेतवारीमा लगेर जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले जानकारी दिए । आफुलाई डर, त्रास देखाएर बलात्कार गरेको भन्दै किशोरीले ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएकी छिन् ।प्रहरीले पीडितको स्वास्थ्य परिक्षण गरेर चार किशोर विरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । अदालतबाट म्याद लिएर घटनाको विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी विष्टले बताए ।
१४ भाद्र २०७७, आइतबार
प्रतिक्रिया