सूचना र प्रविधि

रुपन्देहीमा लकडाउन थपियो ,छिमेकी जिल्ला हेरेर पुनः निर्णय हुने



रुपन्देही १४ भदौ । रुपन्देहीमा लकडाउनको समय थप भएको छ । जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबारको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्षसहित भदौ २० गतेसम्म बढाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले वताउनु भयो ।

        छिमेकी जिल्लामा पनि निषेधाज्ञा जारी छ त्यसैले यहाँ पनि पुन लकडाउन थप गर्ने निर्णय भएको उहाँको भनाई छ । अहिले थपिएको लकडाउन रुपन्देहीका सबै पालिकामा लागू हुने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखसहितको बैठकले उक्त निर्णय गरिएको हो । लकडाउनमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक कुनै पनि साधन सन्चालन, पसल खोल्न तथा हिँड्डुल गर्न नपाईने वताईएको छ । 

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६