पोखरा १५ भदौ । ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि फरार रेसबहादुर आफन्तले दिएको जाहेरीको आधारमा स्याङ्जाबाट पक्राउ परेका हुन् । उनलाई पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् ।
उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाउन थाले । छिमेकीबाट भएको जघन्य अपराधबारे बालिकाले आफन्तलाई भन्न सकिनन् ।‘घटनाबारे बालिकाका आफन्तले सुइँको पाएछन् । त्यसपछि अभियुक्त फरार भए ।
बालिकालाई फकाएर सोध्दा उनले घटनाको सबै यथार्थ बताएपछि आफन्तले जाहेरी दिए,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘त्यसैका आधारमा आइतबार राति उनलाई पक्राउ गरी पोखरा ल्याइएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौं ।’बालिकाले ४\५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया