ब्रेकिंग न्युज

बुटवल मै सुत्केरीको सफल सल्यक्रिया , गर्भवती महिलाहरुलाई राहत महशुस



बुटवल १५ भदौ । केहिदिन अघि संक्रमित महिलाको सल्यक्रिया गरी शिसुको जन्म गराउने काम बुटवल हुन नसक्ने भन्दै कोहलपुर पठाएपछि  आलोचनामा परको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ।

        लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो।भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिनु भयो ।

        बच्चाको पनि पीसीआर परीक्षण गरिने उहाले बताउनु भयो ।  तर अब भने अस्पतालले संक्रमित गर्भवतीको शल्यक्रिया गर्नसक्ने उहाले  स्पष्ट पार्नु भयो ।यो समाचारले गर्भवती महिलालाई थप राहत महशुस भएको छ । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६