बुटवल १६ भदौ । बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका छन्। २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउन बाकीँ छ । प्रहरी कार्यालयका अरु ६ जनामा लक्षण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिए छ । संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन्।१५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ।
१६ भाद्र २०७७, मंगलबार
प्रतिक्रिया