ब्रेकिंग न्युज

अर्घाखाँचीमा समुदायस्तरमा फैलिदै कोरोना



अर्घाखाँची १६  भदौ । अर्घाखाँचीमा समुदायस्तरमा कोरोना फैलिएको छ। स्वास्थ्यकर्मी, कर्मचारी, र तरकारी व्यवसायीलगायतमा कोरोना पुष्टि भएको  हो । समुदायस्तरमा कोरोना देखिन थालेपछि स्थानीय त्रसित भएका छन् ।कोरोना पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाको विभिन्न स्थानका पाँच पुरुष, र शितगंगा नगरपालिकाको एकजना पुरुषसहित ७ जनालाई कोरोना पुष्टि भएको अर्घाखाँचीका जन स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले  जानकारी दिईन्  । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २५ रहेको छ । ३ सय २६ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्मको संक्रमित संख्या ३ सय ५४ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । जनसमुदायमा कोरोना फैलिन थालेपछि स्थानिय प्रशासनले अझ कडाई गर्नु पर्ने स्थानियको भनाई छ ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६