ब्रेकिंग न्युज

आइसियूको अभावमा भीम अस्पतालमा एक महिलाको मृत्यू



भैरहवा १७ भदौ । भैरहवामा थप एकजना कोरोना संक्रमितको आइसियू अभावमा मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम परासी ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका अस्पतालले जानकारी दिएको छ ।यससँगै भीम अस्पतालमा उपचारको क्रममा दोश्रो संक्रमितको मृत्यु भएको छ ।यस अघि उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमित बिरामीले आइसियु अभावमा ज्यान गुमाएका थिए ।

     तिलोत्तमाकी एकजना संक्रमित महिलाको भने अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो ।मंगलबार राती मृत्यु हुने महिला लुम्बिनी प्रादेशिक अस्पतालको कारोना बिशेष अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचाररत थिइन ।अस्पतालका अनुसार ति संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो । बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएको भीम अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले बताए । उनमा १४ गते संक्रमण पुष्टि भएको थियो । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६