ब्रेकिंग न्युज

रोज बहिनी सृजनशिल महिला समाजको रुपन्देही समिति गठन



बुटवल १७ भदौँ । रोज बहिनी सृजनशिल महिला समाजको रुपन्देही जिल्ला समिति गठन भएको छ ।प्रदेश नं. पाँचका मुख्यमन्त्री शंखर पोख्रेलद्वारा महिला किशोरी तथा बालबालिकाको स्वास्थ, शिक्षा र सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गरे वाफत उत्कृष्ट संस्था सेवा सम्मान पुरस्कार वाट सम्मानीत रोज बहिनी सृजनशिल महिला समाजले रुपन्देहीमा पनि समिती बिस्तार गरेको  हो ।समाजको जिल्ला समिती  संरक्षक तारानाथ भट्टराई, जिल्ला समिती प्रमुख राधा अधिकारी भट्टराई, जिल्ला समिती संयोजक हेमा न्यौपाने, जिल्ला समिती स्वास्थ्य सल्लाहकार डा. शकुन्तला गुप्ता, जिल्ला समिती प्रेस सल्लाहकार पुजा पन्थीलाई मनोनयन गरिएको सस्थाका केन्द्रिय अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिइन ।


      साथै सिद्धार्थनगर संयोजक उमा पन्थी,  सदस्यहरु पुनम रजामगर, तारा उपाध्याय, डा. बर्षा थापा, माधुरी ज्ञवाली र सुमित्रा न्यौपाने लगाएत रहेक छन । समाजले किशोरी शिक्षा, किशोरी स्वास्थ , किशोरी सुरक्षा, बिद्यार्थी विमा,सामुदायिक सचेतना, महिला सशक्तीकरण ,जातिय विभेद, महिला हिंसा,छुवाछूत, वर्ण विभेद, सामुदायिक विकास लगाएतको क्षेत्रमा काम गर्नेछ ।

              राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको सेवा पुरस्कार र सम्मान बाट विभुषित यस संस्थाको अगुवाइमा हाल नेपाल सरकारले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्यायनरत किशोरी बहिनीहरुलाई निशुल्क सेनेटरीप्याड लगायतको स्वास्थ सामाग्रीहरु वितरणमा गर्न यसै आर्थिक बर्षमा एक अर्ब वयासी करोड रुपैयाँ विनियोजन गरेको केन्द्रीय अध्यक्ष भण्डारीले जानकारी दिईन ।“गुणस्तरीय सेनेटरी प्याड किशोरी बहिनीको अधिकार“ भन्ने उदेश्यको साथ संस्थाले रोज बहिनी विद्यालय स्वास्थ परियोजना सञ्चालन गर्दै हाल सम्म संस्थाले देशै भरिका ३ हजार बिद्यालयका ७ लाख किशोरीहरुलाई  परियोजना मार्फत निःशुल्क सेवा उपलव्त्र गराएको समाजले जनाएको छ ।समाजले यस शैक्षिक सत्रलाई (कोरोना कोे सत्र बिद्यार्थी बिमा वर्ष) भन्ने नाराको साथ अगाडि बढने योजना राखेको छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६