अर्थ-वाणिज्य

चैतपछि बल्ल सूचारु भयो लुम्विनीमा सामुहिक पूजापाठ



रुपन्देही १८ भदौ ।बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा आज सामूहिक पूजापाठ गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समयदेखि बन्द रहेको मन्दिरमा बुधबार पूर्णिमाको दिन पारेर सामाजिक दूरी कायम गरी भिक्षुहरुले पूजापाठ गरेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवीमा अब दैनिक बिहान साँझ पूजापाठ हुने लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिनुभयो । 

सरकारले सर्वसाधारणका लागि धार्मिक स्थल खुल्ला गर्ने निर्णय नगर्दासम्म मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न सकिदैन तर सुरक्षा सर्तकता अपनाएर नियमित पूजापाठ शुरु गरिएको उहाँले वताउनु भयो । मायादेवी मन्दिरमा कोरोना महामारीको अन्त्य, मृतकको चिरशान्तिको कामना तथा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभ र विश्व शान्तिको कामना गर्दै भिक्षुहरुले सामूहिक पूजापाठ गरेका हुन् ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६