कपिलवस्तु १८ भदौ । राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कार्य समिती कपिलवस्तुको स्वास्थ्य सुरक्षा सामग्री वितरणको अभियानको तेस्रो दिन पनि जिल्लाका बिभिन्न ठाउमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यर्कीलाइए मास्क र सेनिटाईज वितरण गरेको छ । बिहिबार जिल्लाको मायादेबी र शुद्धोधन गाउपालिकामा रहि अंग्रपक्तिमा खटिरहेका सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई मास्क र सेनिटाईजर वितरण गरेको छ ।
राष्ट्रिय युवा सँघ नेपालका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीका अनुसार अभियानको तेस्रो दिन अस्थायी प्रहरि पोस्ट ओदारि , प्रहरि चौकि लबनि , लबनि स्वास्थ्य चौकि , प्रहरि चौकि हथिहवा , सशस्त्र प्रहरि बल नेपाल आउट पोस्ट, हथिहवा शिवलवा ,हथिहवा स्वास्थ्य चौकी बिठुवा उपस्वास्थ्य चौकी ,सिमा प्रहरी चौकी चाकरचौडा ,शशस्त्र प्रहरी बल ,बिओपि चाकरचौडा ,अभिराब स्वास्थ्य चौकी पकडी,पकडि स्वास्थ्य चौकी ,ईलाका प्रहरी कार्यालय पकडी र अस्थाई ट्राफिक प्रहरी पोष्ट पकडीका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षासामग्री वितरण गरिएको हो ।
अभियान स्वारुप वितरण गरिएका सामग्रीले कोभिड १९ को नियन्त्रणमा फ्रन्टलाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुलाई डियुटीमा सहज भएको उनीहरुलेप्रतिक्रिया दिएका छन । बिहिबारको वितरण अभियान कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य टुकलाल गैरे ,युवा संघका जिल्ला संयोजक बिजय कुवँर ,अनेरास्ववियूका जिल्ला अध्यक्ष बाबुराम अर्याल ,युवा नेता श्याम सुवेदी ,कमल क्षेत्री र प्रदिप पौडेलले सहभागिता रहेको थियो ।
स्वास्थ्य कर्मी र शुरक्षाकर्मीकोे स्वास्थ्य सुरक्षामा सहयोग र काम प्रती थप उत्साह जागोस् भनी पहिलो चरणमा संघलाई प्राप्त भएका १० हजार थान माक्स र सेनिटाईजर बितरण गर्ने अभियान शुरु भएको हो । प्रदेश ५ का साँसद बिष्णु पन्थीको समन्वय र सहजिकरणमा हस्तान्तरण गरिएका मास्क र सेनिटाईजर जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई वितरण गरिने युवा संघले जनाएको छ ।
प्रतिक्रिया