काठमाडौं १९ भदौ । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।
१९ भाद्र २०७७, शुक्रबार








प्रतिक्रिया