काठमाण्डौ २३ भदौँ । विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो । यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुत पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।
२३ भाद्र २०७७, मंगलबार
प्रतिक्रिया