ब्रेकिंग न्युज

संक्रमितको शब ब्यवस्थापन परम्परा र संस्कार अनुरुप गर्न देऊ : जसपा कपिलवस्तु



कपिलवस्तु २४ भदौ ।मृत्यु भएका कोरोना संक्रमितको सदगद धार्मिक परंम्परा अनुसार गर्न दिईनु पर्ने संघीय समाजबादी फोरम नेपालले माग गरेको छ । कपिलवस्तुका प्रजिअ दीर्घ नारायण पौडेललाई सो पार्टीले ज्ञापन पत्र बुझादै सो माग गरेको हो । पार्टी जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अगुवाईमा गएको टोलीले धार्मिक मुल्य मान्यताका आधारमा सावधानी अपनाएर शवको ब्यवस्थापन गर्न दिनु पर्ने माग गर्नु भयो ।

    पत्रकार बनारसी बर्मा कोरोना संक्रमित भए पछि शव ब्यवस्थापनका बिषयमा तौलिहवाका युवाहरु र सुरक्षाकर्मी बिच गयराति केहि तनाव भएको थियो । प्रजिअ पौडेल र सरोकारवाला बिच छलफलपछि बल्ल धार्मिक मान्यताका आधारमा सावधानी अपनाई रामघाटमा दाहसस्कार गर्न दिइएको थियो । घरदेखि घाट सम्म सरकारले  दाहसस्कारकालागि बनाएको टोलीले शव लैजाने दाहसस्कार गर्ने अन्तिम तयारी अवस्थामा परिवारका सदस्यले सस्कार पुरा गर्ने गरी ब्यवस्था मिलाइएको थियो । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६