ब्रेकिंग न्युज

बेलायतमा ६ जना भन्दा धेरै मानिस जम्मा भए ३२ सय युरोसम्म जरिवाना



काठमाण्डौ २४ भदौँ । बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस जम्मा भएमा त्यसलाई गैरकानुनी क्रियाकलाप मानिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको बीबीसीले जनाएको छ ।निर्णयको उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने पनि खबरमा उल्लेख छ ।

            नेपालीमा यो रकम चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने पनि बीबीसीले जनाएको छ ।जोनसोनले यसअघि कोरोनाका फैलावटलाई रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बताउनुभएको थियो । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ, तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, कार्यस्थल र अन्तिम संस्कारका समारोहमा भने लागू हुनेछैन ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६