काठमाडौं २४ भदौँ । प्रहरीले करोडौं रकम हिनामिना गरेर फरार रहेका काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमवार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।
२४ भाद्र २०७७, बुधबार








प्रतिक्रिया