ब्रेकिंग न्युज

नियम विपरीत ग्यास सिलिण्डर ओसार पसार गर्नेलाई कारबाही हुने



काठमाण्डौ २५ भदौँ । ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर ओसार पसार गर्नेलाई कारबाही हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ । संघले ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार(पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु गैरकानुनी भएको भन्दै यस्तो काम गरे कारबाही हुने जनाएको छ । संघले यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको छ ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६