ब्रेकिंग न्युज

सरकारले गरेका राम्रा काम मिडियाका बिषय किन बनेनन् ? :अधिकारी



कपिलबस्तु २६ भदौ नेकपा प्रदेश ५ का सचिवालय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले पार्टी र सरकारले गरेका सकारात्मक  काम ठूला मिडियाको बिषय नबनेको नेकपा प्रदेश कमिटीका सचिवालय सदस्य बलराम अधिकारीले वताउनु भएको छ । उहाले संचारकर्मीसंग पार्टी नेतृत्वको अन्तरकृयामा वोल्दै पार्टी र आलोचनामा मात्र केन्द्रित हुदा सरकारले गरेका क्रियाकलापहरुको प्रचार प्रसारमा मिडिया चुकेको बताउनुभयो ।


        संचार संस्था प्रमुख तथा पार्टी नेतृत्व विच गोरुसिंगेमा भएको अन्तरक्रिया कार्यक्रममा  वोल्दै अहिले प्रतिस्पर्धाको अवस्थामा  पत्रकारहरुले आफ्नो कौशलताको प्रयोग गर्दै योग्य, सक्षम र सवल बन्न सक्नु पर्ने बताउनुभयो । संविधान सभा सदस्य समेत रहनु भएका अधिकारीले कुनैपार्टीलाई विशेष पार्टीलाई हानी नपुग्ने र सबैको ध्यानआकषर्ण गर्न सक्ने पत्रकारीता गर्न आवश्यक रहेको समेत औल्याउनुभयो । 

        यस्तै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी निकटका पत्रकारले ब्यावसायिकता संगै पार्टीको निती सिद्धान्तको स्मरण गर्न  अनुरोध गर्दै पार्टीको नेता र कार्यकर्ताविरूद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाही समेत गरिने बताउनुभयो । यस्तै कार्यक्रममा नेकपा जिल्ला सचिव राचन्द्र शाह  विष्णुले  पार्टीका विरुद्धका  नियोजित समाचार प्रतिकृयावादी मिडियाका संचार प्रोपोगाण्डा रहेको औल्याउनु भयो  । यस्तै कार्यक्रममा नेकपाका जिल्ला सदस्य एवम कपिलबस्तु नगर कमिटी अध्यक्ष भेषराज पाण्डेले पार्टी सम्बद्ध स्थानिय जनप्रतिनीहरु संचार प्रविधिसंग बढी साक्षात्कार हुन आवश्यक रहेको बताउनुभयो । उहाले स्थानीय जनप्रतिनिधीहरुले संचालन तथा सम्पन्न गरेका योजनाका विषयमा मिडीयामा खुलस्त रुपमा जानकारी गराउन समेत आवश्यक रहेको औल्याउनुभयो । 

        कार्यक्रममा प्रचार प्रसार विभाग प्रदेश ५ सदस्य लाल वहादुर भन्डारी, जिल्ला प्रचार प्रसार तथा प्रकाशन विभाग उपप्रमुख बसन्त गिरी, प्रेस संगठन अध्यक्ष डिलाराम भुषाल, सचिव हरि अधिकारी लगायतले समेत आ आफ्नो भनाई राख्नु भएको थियो ।  जिल्ला प्रचार प्रसार तथा प्रकाशन विभागका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता तथा सचिव चेतना अधिकारीको संचालनमा सम्पन्न अन्तरक्रियामा जिल्ला विभिन्न संचार संस्था प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । 

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६