कपिलवस्तु भदौ २७
रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवल धागो कारखानामा उपचारका क्रममा आज राती १२ः३०मा मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।
उनलाई ३ दिन देखी भेन्टिलेटरमा राखिएको थियो । भदौ १४ गते ज्वरो, खोकी र स्वास प्रश्वासमा समस्या भए पछि उपचारका लागी लुम्विनी प्रादेशिक अस्पताल बुटवल उपचारका लागी आएका थिए । अस्पतालमा जाँचका क्रममा कोभिड भएको पुष्टि भएको थियो ।
प्रतिक्रिया