दाङ २८ भदौँ । दाङ लमही सडकखण्ड भासिएको छ । आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब दुई किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिएको हो । सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ ।सडक भासिएपछि अहिले एकतर्फी सडक संचालन भएको छ । सडक भासिदा दुबै तिर चिराचिरा परेको छ भने आवतजावतमा दुर्घटनाको जोखिम उत्पन्न भएको छ । एकतर्फी सवारी चलाउन पनिसमस्या हुने स्थानीय पत्रकार शिवु खनालले बताउनु भयो ।सडक भासिएको स्थानमा वडा प्रहरी लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोलि पुगेको छ । यसबारे विस्तृत खबर आउन बाँकी छ ।
२८ भाद्र २०७७, आइतबार
प्रतिक्रिया