ब्रेकिंग न्युज

गण्डकी प्रदेशका थप तीन सङ्क्रिमतको मृत्यु



स्याङजा २८ भदौँ । गण्डकी प्रदेशका थप तीन जना कोरोना भाइरसका सङ्क्रिमतको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार काठमाण्डौका विभिन्न अस्पतालमा तीन जनाको ज्यान गएको हो । तनहुँको आबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया वृद्धाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते ज्यान गएको हो ।

         उहाँलाई मुटुसम्बन्धी समस्या थियो ।त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको पनि शिक्षण अस्पतालमै २७ गते ज्यान गएको हो । उहाँमा मृगौलासम्बन्धी समस्या थियो ।यस्तै कास्कीको मादी गाउँपालिका ४ घर भइ काठमाण्डौको नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधनभएको हो । उहाँलाई क्यान्सर र हाइपोथाइराडिजमको समस्या थियो ।कोरोना सङ्क्रमितको जहाँ ज्यान गए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यहीअनुसार राख्ने गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६