ब्रेकिंग न्युज

बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या ,ससुरासहित ५ जना पक्राउ



बाँके २८ भदौँ ।बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २०, नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि सिकिस्त भएका थिए ।उनलाई उपचारका लागि नर्सिंङ होम नेपालगन्जमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६